नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ४ सय ५३ पुग्यो



काठमाडौं असोज ८ ।

नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको छ।

१२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा मात्र चार जना संक्रमितको मृत्यु भएको छ।

काठमाडौंमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मोरङमा ५५ वर्षीया महिला, झापामा ७८ वर्षीय पुरुष, सुनसरीमा ८१ वर्षीया महिला, धनुषामा ६८ र ७० वर्षीय पुरुष, रौतहटमा ६५ वर्षीय पुरुष, भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ।

यस्तै, धादिङमा ३२ वर्षीया महिला, तनहुँमा ३९, दाङमा ३९, कपिलवस्तुमा ५० र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसअघि बुधबार नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्