कोरोना केही होइन भन्नेलाई प्रमाणित गर्न म चुनौती दिन्छु : प्रवक्ता गौतम



काठमाडौं असोज ८ ।

स्वास्थ्य तथा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना केहि होइन् भन्नेलाई प्रमाणित गर्न चुनौती दिएका छन्।

कोरोना केहि होइन् भन्नेलाई प्रवक्ता गौतमले कोभिड(१९ संक्रमणका कारण निधन भएका मानिसहरुकाबारेमा सोच्न अनुरोध गरे। गत २४ घण्टामा १४ सय ९७ जना कोरोना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए ।

‘कोरोना केही पनि होइन। यो बनावटी कुरा हो। यसले केही पनि गर्दैन। सामान बेच्नका लागि बनाइएको हो भन्ने मानिसलाई म चुनौति दिन चाहन्छु,’ उनले भने, ‘९ लाख ८२ हजार मानिसको संसारभर मृत्यु भएको छ। यसको लागि उहाँहरुको उत्तर के छरु यो पनि खोज्न अनुरोध गर्छु।’

निषेधाज्ञा खुकुलो बनाइएपछि संक्रमित झनै बढिरहेको गौतमले बताए। उनले दशैं तिहार जस्ता चाडपर्वमा संक्रमणको बढि खतरा हुने बताएका छन् । गत २४ घण्टामा देशभर १४ सय ९७ जना कोरोना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए ।

आज कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ। यस्तै, संक्रमित संख्या ६९ हजार ३ सय १ पुगेको छ। बिहिवार ४ सय ५७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्