पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, असोज ११ । नेपालमा पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन्।

बितेको २४ घण्टामा १० हजार १ सय २३ जनाको पिसीआर परिक्षणमा १५ सय ७३ जनाको रिर्पोट पोजेटिभ आएको हो । हालसम्म ५३ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् । आइतबार ८ सय ८५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्