सांसदले प्रेमिकालाई संसद बैठकमै चुम्बन गरेपछि



अर्जेन्टिना, असोज १२ । अर्जेन्टिनाका एक सांसदले संसदीय बहस चलिरहेका बेला आफ्नी प्रेमिकाको खुला स्तनमा चुम्बन गरेपछि राजीनामा दिनु परेको छ । अर्जेन्टिनाको तल्लो सदनका सांसद जुआन एमिलियो अमेरीले संसदको अनलाइन बहस चलिरहँदा यस्तो हर्कत गरेका थिए । उनले चुम्बन गरेको भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भयो । र अन्ततः राजीनामा दिनु परेको हो । ती सांसदले प्रेमिकासँग जिस्किरहेको बेला संसदको बहस भने पेन्सन कोष लगानीको मुद्दामा गम्भीर रुपमा केन्द्रित थियो ।

तल्लो सदनको उक्त बहस यूट्यूब च्यानलबाट लाइभ प्रशारण भइरहँदा ती सांसदले प्रेमिकाको स्तनमा ‘किस’ गरेको भिडियो पनि एकैचोटि प्रशारण भइरहेको थियो । जब कि, केही सांसद संसदमै उपस्थित थिए भने धेरैजसो घरबाटै अनलाइन बैठकमा लाइभ उपस्थित थिए । जुआन एमिलियोले भने आफूले त्यस बखत उक्त बैठक अफलाइन भएको महसुश गरेको प्रतिक्रिया दिएका छन् । तर बिहीबार तल्लो सदनका अध्यक्ष सर्जियो मासाले उनलाई बोलाएपछि राजीनामा दिएका हुन् ।

‘मसँग घरमा डरलाग्दो इन्टरनेट सञ्जाल छ,’ अमेरीले एक रेडियो अन्तर्वार्तामा भनेका छन् । अमेरीले हालसालै आफ्नी प्रेमिकाको स्तन बढाउने शल्याक्रिया गरेको समेत बताए । बैठक चलिरहँदा प्रेमिका आफ्नो कोठामा प्रवेश गरेपछि आफूलाई अफलाइन भएको महसुश भएपछि प्रेमिकालाई आफूसँगै बोलाएर किस गरेको स्पष्टिकरण उनले दिए ।

‘मैले उनलाई खै हेरौँ त प्रत्यारोपण कस्तो भएछ, भनेँ, हेर यो तल झरेको छ, यो चाहिँ तल कम झरेको छ, घाउ हेरौँ त भनेँ, र उनी मेरै छेउमा थिइन् । र मैले उनका स्तनमा चुम्बन गरेँ, उनी मेरो छेउमा थिइन् र मैले उनका स्तनमा चुम्बन गरेँ । भएको त्यत्ति हो,’ अमेरीले भने ।

उनको यस्तो गतिविधिको भिडियो केही बेरमै सामाजिक सञ्जालमा भाइरल बन्यो । र आलोचना पनि हुन थाल्यो । ती सांसदले प्रेमिकाको ब्लाउज तल तान्नुअघि नै उक्त भिडियो सामाजिक सञ्जालमा भिडियो भाइरल बनिसकेको थियो ।

तर ब्युनर्स आयर्स सहरका विधायक मारिया रचिदले अमेरीको बचाउ गरेका छन् । अमेरीको गतिविधि खराब नभएको भन्दै ती विधायकले अमेरीको बचाउ गरेका हुन् । अरु सांसदले बैठक चलिरहँदा मोबाइल फोनमा क्यान्डी क्रस खेलिरहेको बेला उनले प्रेमिकालाई चुम्बन गर्नु नाजायज नभएको तर्क उनको थियो ।

यो समाचार अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्