काठमाडौं उपत्यकामा २४ घन्टामा ८ सय १७ जना कोरोना संक्रमित



काठमाडौं असोज १२ । काठमाडौं उपत्यकामा २४ घन्टामा ८ सय १७ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपत्यकाका ३ जिल्लामा ८ सय १७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ४९, ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जना संक्रमित फेला परेका हुन् ।

२४ घन्टामा १० हजार ८० पीसीआर परीक्षण भएका छन् । जसमा देशभर भने १३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । २४ घन्टामा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्