थपिए २४ घन्टामा काठमाडौंमा ६ सय ४९ र नुवाकोटमा ३ [हेरौं सबै जिल्लाका विवरण]



काठमाडौं असोज १२ । काठमाडौंमा मात्रै २४ घन्टामा ६ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै छिमेकी नुवाकोटमा भने सोही अवधिमा ३ जनामा संक्रमण पुष्टि भएको सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जना संक्रमित फेला परेका छन् । २४ घन्टामा १० हजार ८० पीसीआर परीक्षण भएका छन् । जसमा देशभर भने १३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । २४ घन्टामा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सबै जिल्लाको विवरण

प्रतिक्रिया दिनुहोस्