नुवाकोटमा कोरोना अपडेट : सोमबारसम्म १२९ संक्रमित, ११२ डिस्चार्ज [पूरा विवरण]



नुवाकोट असोज १२ । नुवाकोटमा सोमबार अपराह्नसम्म कोरोना भाइरस संक्रमित १२९ पुगेका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले कोभिड १९ दैनिक प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।

विवरण अनुसार हालसम्म ४ हजार ६ सय २५ पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । जसमा ३५ सय ३९ पुरुष र १०८६ महिला छन् ।

परीक्षणका लागि पठाइएकोमध्ये ४४ सय ११ को मात्र नतिजा प्राप्त भएको र २ सय १४ नमुनाको रिपोर्ट आउन बाँकी रहेको सूचना अधिकारी खनालले बताए ।

जिल्लामा १७ जना सक्रिय संक्रमित छन् । जसमध्ये १६ जना त्रिशूली अस्पतालमा रहेका छन् ।

सोमबार डिस्चार्ज हुनेमा पञ्‍चकन्या गाउँपालिकाका वर्ष २८ का पुरुष छन् । उनी त्रिशूली अस्पताल उपचाररत थिए ।

प्रतिक्रिया दिनुहोस्