नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४ सय ९१ पुग्यो



काठमाडौं असोज १३ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन महिला र सात पुरुष छन्।

मोरङका ६८ वर्षीय पुरुष, सर्लाहीकी ७२ वर्षीया महिला, महोत्तरीका ५८ पुरुष, काठमाडौँकी ५७ वर्षीया महिला तथा ६० र ७० वर्षीय पुरुष, चितवनका ५५ वर्षीय पुरुष र बाँकेकी ७६ वर्षीया महिला तथा ५३ र ३९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्