राजकुमार चेपाङको मृत्यु प्रकरणमा सेनाका हुद्दा पक्राउ, थालियो अनुसन्धान



चितवन असोज १४ । राप्ती नगरपालिका वडा नं २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि मृत्यु प्रकरणमा नेपाली सेनाका हुद्दा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई भदौ ४ गते पक्राउ गरी आवश्यक छानबिन भइरहेको छ । उनलाई अदालतबाट म्याद थप गरी बयान लिने र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । मृतक राजकुमारका बुबा विष्णुलाल चेपाङले भदौ २५ गते किटानी जाहेरी दिएका हुन् ।

आरोपीको मौखिक बयानमा घटनाको इन्कारी बयान दिएकाले पोलिग्राफ परीक्षणसमेत गर्ने तयारी प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सेनाद्वारा कुटपिटपश्चात उनको मृत्यु भएको आरोप लगाइएको छ ।

राजकुमारसहित सात जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच जना पुरूषलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलालाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको पीडितहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्