नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४ सय ९८ पुग्यो



काठमाडौं असोज १४ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई महिला र पाँच पुरुष छन् ।

सुनसरीका ६० वर्षीय पुरुष, सप्तरीका ३९ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष, काठमाडौँका ३४ र ८६ वर्षीया महिला तथा ५४ वर्षीय पुरुष र रुपन्देहीका ८२ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको सख्या ४९८पुगेको छ।

प्रतिक्रिया दिनुहोस्