अग्रिम टिकट अन्योलमा



काठमाडौँ, असोज १५ । दशैँका लागि यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको टिकट अग्रिम खुलाउने प्रयास गरेको छ तर यायातात व्यवसायी भने त्यसमा इच्छुक देखिएका छैनन्। हाल राजधानीबाट बाहिरिने कम रहेको र दशैँका बेला पनि सवारीको चाप नहुने भएकाले अगाडि नै टिकट खोल्नु आवश्यक नरहेको उनीहरूको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार हाल आधा सिटमा यात्रु राखेर यातायात सञ्चालन गर्दा पनि ४० प्रतिशत मात्र गाडी चलेका छन् । यस्तै अवस्था दशैँमा पनि हुने उनीहरूको अनुमान छ । पूर्ण क्षमताको आधा सिटमा यात्रु राख्नुपर्ने नियमले गर्दा व्यवसायमा आम्दानी नभएकाले पनि सीमित गाडी सञ्चालन भएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

उनले भने, “अहिले सार्वजनिक सवारीमा कुनै चहलपहल छैन र स्कुल, कलेज र सानोतिनो पसल चलाएर बसेका मान्छे पहिल्यै गइसके । विदेश जाने आउनेको पनि चलपहल छैन त्यसैले ४० प्रतिशत गाडीले सेवा दिँदा पनि पुगेकै छ ।

यो खबर गोरखापत्र दैनिकमा उल्लेख गरेको छ 

प्रतिक्रिया दिनुहोस्