कार्यकाल सकिनुअगावै राजीनामा दिए मुख्यसचिव रेग्मीले



काठमाडौँ असोज १५ । आफ्नो कार्यकाल सकिनु केही दिनअघि नै मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् ।

मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । तर उनले दिएको राजीनामा बिहीबारै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत पनि गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले जनायो ।

उनले कार्यकाल सकिनु दुई साताअघि असोज २२ भन्दा अघि नै राजीनामा गरेकाले सचिवहरु शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी अब मुख्यसचिवका दावेदार छन् ।

रेग्मीले असोज २२ पछि राजीनामा दिएको वा कार्यकाल सकिएर अवकाश लिएको भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी मुख्यसचिव दावेदार हुने थिए ।

प्रतिक्रिया दिनुहोस्