विद्यालय खोल्न हतार नगर्न प्रशासनको चेतावनी



काठमाडौं असोज १५ ।

सरकारले विद्यमान परिस्थितिमा विद्यालय नखोल्न सचेत गराएको छ ।

आफू खुशी विद्यालय सञ्चालन गर्न थालिएपछि प्रशासनले त्यस्ता गतिविधि रोक्न चेतावनी दिएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्पूर्ण स्थानीय तहलाई पत्राचार गरेर सरकारी निर्णयको पूर्णः पालना गर्न सचेत गराएको हो ।

अनावश्यक भिडभाड गर्न, स्कुल, कलेजसहित मनोरञ्जनका क्षेत्रहरुलाई सरकारले अझै बन्देज गरेको जनाउँदै निर्णय कार्यान्वयन गर्न परिपत्र गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

सरकारको निर्णयविरुद्ध कसैले जबरजस्ती गरे कारबाही हुने उनले बताए । प्रशासनले उपत्यकामा लागू गरिएको जोरविजोर प्रणालीलाई पनि कडाइका साथ कार्यान्वय गर्न ट्राफिक प्रहरी महाशाखा र प्रहरीलाई निर्देशन दिइएको छ । विहीवार काठमाडौं उपत्यकामा मात्र ९ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्