शुक्रबारको मौसम अनुमान : हल्कादेखि मध्यम वर्षा



काठमाडौं असोज १६ । मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) उत्तर पश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ । महाशाखाले हाल देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली भइरहेको जनाएको छ ।

यसैगरी, शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ । भने, प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति प्रदेश १, प्रदेश २, वाग्मती प्ररदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।

साथै, प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्