पूर्वराष्ट्रपति डा. रामवरण यादवले अस्पताल पुगेर भेटे डा. केसीलाई, अनशन तोड्न आग्रह



काठमाडौं असोज १६ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अमरण अनशनमा डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् ।

शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका यादवले आफ्नो स्वास्थ्य हेरेर अनशन तोड्न आग्रह गरेका हुन् । उनले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह पनि गरे । पूर्वराष्ट्रपति यादवले डा केसीले सत्याग्रहमार्फत जनताको माग उठाएकाले सरकारले वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताए ।

पूर्वराष्ट्रपति यादवले भने, ‘डाक्टर केसीले प्राणकै आहुति दिन तयार भई जनताको माग उठाउनु भएको छ । सरकारले पनि वार्तामार्फत नै यसको समस्या समाधानका लागि पहल गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्