नेपालमा बितेको २४ घण्टामा हालसम्मकै सर्वाधिक २७ सय २२ संक्रमित थपिए



काठमाडौं, असोज १६ । नेपालमा बितेको २४ घण्टा हालसम्मकै सर्वाधिक कोरोना भाइरसका २७ सय २२ जना संक्रमित थपिएका छन् । बितेको २४ घन्टाभित्र थपिएकामध्ये हालसम्मकै सर्वाधिक सख्या हो । यससंगै कुल संक्रमितको सख्या ८२ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

हालसम्म  ६० हजार  ६ सय ९६ जना संक्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा ३ हजार ३ सय ७ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्