बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता



बाजुरा असोज १६ ।

बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन्।

हिमाली गाउँपालिका वडा नम्वर ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन्। हिमाली गाउँपालिका वडा नम्वर ५ कवाडीका धर्म नेपालीकी ३० वर्षीया श्रीमती सत्ता नेपालीसहित उनकी ५ वर्षीया छोरी आरती, ४ वर्षीया छोरी सन्तोषी, एक वर्षीया छोरी किस्मती र २ वर्षीया छोरा सम्मान बेपत्ता भएका हुन्।

शुक्रबार दिउँसो खोलामा नुहाउन गएका बेला छोराछोरीसहित आमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताए।

सोही खोलामा झण्डै दुई महिना अगाडी पनि एक बालिका बगेर बेपत्ता भएकी थिइन्। सो खोलामा हरेक वर्ष ५र६ जनाले ज्यान गुमाउने गरेको स्थानीयले बताएका छन्। बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्