नेपालमा पछिल्लो २४ घण्टामा २१२० संक्रमित थपिए



काठमाडौं,असोज १७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २१ सय २० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या ८४ हजार ५ सय  ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाए ।

हालसम्म ६२ हजार  ७ सय ४० जना संक्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा २०४४ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्