नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, २ हजार ४४ जना डिस्चार्ज



काठमाडौं असोज १७ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ महिला र ६ पुरुष छन्। सुनसरीकी २८ वर्षीया महिला, ललितपुरका ६७ वर्षीय पुरुष, काठमाडौँका ८३ र ६८ वर्षीय पुरुष, सिन्धुपाल्चोकका ४१ वर्षीय पुरुष, दोलखाका ६५ वर्षीय पुरुष, चितवनकी ७६ वर्षीया महिला र कैलालीका ७९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ हजार ४४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्