प्रधानमन्त्री निवास बालुवाटारका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण



काठमाडौं असोज १७ ।

प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ शुक्रबार २ र शनिबार १७ जना, सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।

अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन । तर केहीको रिपोर्ट आउन बाँकी छ । शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्