काङ्ग्रेस नेता अर्जुन नरसिंह केसीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं,असोज १७ । नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। केसी पारिवारिक श्रोतका अनुसार कांग्रेसले आउदो बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको स्वाब संकलन गरी परीक्षण गर्ने क्रममा नेता केसीको रिपोर्ट पोजिटिभ देखिएको हो। केसीसहित रिपोर्ट आएकामध्ये ४ जनामा पोजेटिभ देखिएको छ ।

उनीसहित कांग्रेसका केन्द्रीय सदस्यहरू शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी लगायतमा पनि कोरोना संक्रमण पुष्टि भएको स्रोतले बताएको छ।

यता सभापति देउवा र महामन्त्री कोइरालाले केही दिनअघि मात्र परीक्षण गरेको र पीसीआर रिपोर्ट नेगेटिभ आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्