काङ्ग्रेस नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण पुष्टि



काठमाण्डौ,असोज १७ । नेपाली काँग्रेसका नेता तथा पुर्व स्वास्थ्यमन्त्री गगन थापालाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । आउँदो असोज १९ मा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहितका १५९ जनाको स्वाब संकलन गरिएकोमा नेता थापालाई पनि संक्रमण पुष्टी भएको हो ।

संकलित स्वाब रिपोर्ट आएका मध्ये ४ जनामा पोजेटिभ देखिएको श्रोतले जनाएको छ। संक्रमित हुने अन्य नेताहरुमा अर्जुन नरसिंह केसी,केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी रहेका छन् ।

बिहीबार नेताहरुका सुरक्षा गार्ड, गाडी चालकको पनि पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्