चितवनमा एक कोरोना संक्रमितको मृत्यु, हालसम्म जिल्लामा २४ को ज्यान गयो



चितवन असोज १८ । चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

ती पुरुषको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनका अनुसार असोज १६ गते कोरोना सङ्क्रमणसहित ती पुरुष भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए ।

उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्