मकवानपुरको भीमफेदीमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते



मकवानपुर असोज १८ । मकवानपुरको भीमफेदी–६, चिसापानी गढी नजिकै आइतबार दिउँसो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

भीमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत् हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार जिपमा ८ जना सवार थिए । इलाका प्रहरी कार्यालय भीमफेदीको टोलीले दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरेको थियो ।

जिपलाई उकालोमा टर्निङ नपुगेर ब्याक गर्ने क्रममा सडकबाट तल खसेको प्रहरी नायब उपरीक्षक रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्