धरानमा कोरोनाबाट ५५ वर्षीय पुरुषको मृत्यु



काठमाडौं, असोज १९ । धरानमा कोरोनाबाट ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। सुनसरीस्थित धरान–१५ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत उनको सोमबार विहान मृत्यु भएको हो । मृतकमा असोज १६ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्