२४ घन्टामा नुवाकोटमा १० सहित वाग्मती प्रदेशमा थपिए १७ सय २७ कोरोना संक्रमित [जिल्लागत विवरण पनि]



काठमाडौं असोज १९ । २४ घन्टामा नुवाकोटमा १० सहित वाग्मती प्रदेशमा १७ सय २७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न दिएको जानकारी अनुसार सबभन्दा बढी काठमाडौंमा ११ सय ७८ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टी भएको छ । नुवाकोटमा २४ घन्टाको अद्यावधिक विवरण अनुसार आइतबार १४ जना संक्रमित भेटिएका थिए ।

त्यस्तै चितवन र भक्तपुरमा १०३ जनामा संक्रमण देखिँदा दोलामा भने १ जना मात्रै संक्रमित फेला परेका छन् ।

सोमबार नेपालभर भने २४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्