महिला हिंसाका दोषीलाई कारवाही र पीडितलाई न्याय दिन अन्तरपार्टी महिला सञ्जालको माग



काठमाडौं असोज २१ । गृहमन्त्री रामबहादुर थापाले महिलामाथि जघन्य प्रकारका मानवअधिकार हननका घटनालाई रोक्नका लागि आवश्यक कानून निर्माण भइरहेको बताएका छन् ।

अन्तरपार्टी महिला सञ्जालको टोलीसँगको भेटका गृहमन्त्री थापाले विद्यमान कानून संशोधनलगायत विषयमा गृह मन्त्रालयलगायत सम्बन्धित निकायलाई समितिको तर्फबाट निर्देश गरिसकिएको अवगत गराएका हुन् । महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषय स्थितिमा पनि महिलामाथिको हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराधका घटना नरोकिएकाले कडा कारवाहीको माग गरेको छ ।

सञ्जालले फाष्टट्रयाक अदालतका संयन्त्र खडा गरी लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको मर्म तथा विधि पद्धतिको सुशासनका लागि दोषीलाई कारवाही र पीडितलाई न्याय दिन माग गरेको हो ।

सञ्जालका अध्यक्ष सावित्रा भुसालसहितको टोलीले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई मङ्गलबार अलग–अलग भेटी सो ध्यानाकर्षण गराएका हन् ।

प्रतिक्रिया दिनुहोस्