बलिउड अभिनेत्री रिया २८ दिनपछि हिरासतमुक्त



एजेन्सी असोज २१ ।

बलिउड लागुऔषध मुद्दामा हिरासतमा रहेकी अभिनेत्र रिया चक्रवर्ती करिब एक महिनापछि हिरासत मुक्त भएकी छन् । बम्बे उच्च अदालतबाट जमानत पाएपछि रिया बुधबार भायखला जेलबाट रिहा भएकी हुन् ।

बम्बे उच्च अदालतले बिहीबार रियाको जमानत याचिकामा रिहाको फैसला सुनाएको हो । यद्यपि उच्च अदालतले रियाका भाइ सोविकलाई भने जमानत दिएन । तर सुशान्तका घरका कामदार दीपेश सावन्त र म्यानेजर साम्युएल मिरान्डालाई भने रियासँगै जमानत दिएको हो ।

खबरका अनुसार सोविकको लागुऔषध च्याटम्यासेजमा एनसीबीले अझै अनुसन्धान गरिरहेको छ । तर रियासँग एनसीबीले लागुऔषध बरामद नगरेकोले उनलाई जमानत दिएको हो ।
सुशान्तको मृत्यु प्रकरणमा लागुऔषधबाट अनुसन्धान गरिरहेको एनसीबीले रियालाई ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो ।

रियालाई १ लाख नीजी बोन्ड धरौटीमा जमानत दिएको हो । धरौटीको रकम बुझाउनका लागि रियाका वकिल सतीश मानसिन्देले अदालतसँग एकमहिनाको समयको माग गरेको छ । यस्तोमा रिया अहिले नै जेलबाट बाहिरी नहाल्ने हो की भन्ने आशंका गरिएको छ ।

हिजोमात्रै रिया र सोविक लगायत अन्य आरोपीलाई १४ दिन म्याद थप गर्दै २० अक्टोबरसम्म जेलमा राख्न निर्देशन दिएको थियो । तल्लो अदालतले दुई पटक रियाको जमानत याचिका खारेज गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्