अष्ट्रेलियाद्वारा एकदिवसीयमा लगातार २१ जितको कीर्तिमान बराबरी



एजेन्सी असोज २१ ।

अष्ट्रेलियाको महिला क्रिकेट टिमले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा लगातार २१ जितको कीर्तिमानसँग बराबरी गरेको छ ।

घरेलु मैदानमा बुधबार न्युजिल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा जित निकाल्दै अष्ट्रेलियाले एकदिवसीयमा लगातार २१ जितको कीर्तिमान बराबरी गरेको हो । एकदिवसीय अन्तराष्ट्रियमा लगातार २१ जितको कीर्तिमान अष्ट्रेलियाकै पुरुष टिमको नाममा रहेको छ ।

रिक्की पोन्टिङको कप्तानीमा अष्ट्रेलियाले २००३ मा लगातार २१ जितको कीर्तिमान बनाएको थियो । तर, अष्ट्रेलियाको महिला टिमले भने तीन वर्षको अवधिमा कीर्तिमान बराबरी गरेको हो । ब्रिसबेनमा भएको अन्तिम एकदिवसीयमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई २ सय ३२ रनले हराएको छ ।

अन्तिम खेलको जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिज समेत क्लिन स्विप गरेको छ । अष्ट्रेलियाले दिएको ३ सय २६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड २७ ओभरमा अलआउट हुँदै ९३ रनमा समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्