कोरोना संक्रमित कांग्रेस नुवाकोट सभापति केसी भन्छन्- ‘मेरो स्वास्थ्य एकदमै ठीक छ’



नुवाकोट असोज २२ । नेपाली कांग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद जगदीशश्वर नरसिंहले आफ्नो स्वास्थ्य एकदमै ठीक रहेको बताएका छन् ।

असोज १७ गते गरिएको स्वाब संकलनमा कोभिड १९ पोजिटिभ देखिएका केसीले बिहीबार सामाजिक सञ्‍जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै आफू सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा रहेका साथीहरुलाई समेत परीक्षण गर्न आग्रह गरेका छन् ।

‘१७ गते गरिएको स्वाब संकलनमा कोभिड १९ पोजिटिभ भएको थाहा भयो । थाहा हुँदा साथ सेल्फ क्वारेन्टाइनमा छु । म सँग सम्पर्कमा रहनु भएको साथीहरूलाई परीक्षण गर्न र मेरो स्वास्थ्य एकदमै ठीक रहेको कुरा आग्रह गर्दछु ।’

सभापति केसीका दाइ एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री अर्जुन नरसिंह केसी पनि कोभिड १९ संक्रमणका कारण हाल घरमै बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्