न्याय परिषदद्वारा ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा



काठमाडौ, असोज २३ । न्याय परिषद्ले ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ । परिषद् बैठकले बुधबारको दुई वर्ष कार्यावधि पूरा गरेका न्यायाधीशको सरुवा गरेको हो ।

परिषद्ले हालै नियुक्त भएका २९ जनाको पदस्थापन पनि गरेको छ । परिषद्को निर्णय अनुसार उपत्यकाका सबै जिल्ला अदालतका दुई कार्य अवधि पूरा भएका न्यायाधीशको सरुवा भएको छ ।

काजमा खटिएका न्यायाधीशको यथास्थानमा पदस्थापन भएको बताइएको छ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्