स्याङ्जामा स्कुल बसको ठक्कर बाट २ जनाको मृत्यु



स्याङ्जा असोज २३ ।

स्याङ्जामा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।

वालिङबाट विद्यार्थी बोकेर हेलुतर्फ जाँदै गरेको पाइनियर हाइएर एजुकेसनल एकेडेमीको ग१क ४३७० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग१३प २८१४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

पुतलीबजार बाट वालिङतर्फ जादै गरेको मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल सवार वालिङ नगरपालिका(१ का ५८ वर्षीय ढाल बहादुर राना, कपिलवस्तुका ३३ वर्षीय गुप्त बहादुर खत्री घाइते भएका थिए।

उपचार क्रममा कालिका सामुदायिक अस्पताल हेलुमा घाइते खत्री र रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए। बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्