संक्रमित एक लाख नाघे,अवस्था भयावह



काठमाडौं, असोज २४। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । योसँगै संक्रमणको अवस्था भयावह बनेको छ । शुक्रबार देशभर २ हजार ५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । पछिल्लो २४ घण्टामा १३ हजार २ सय ७९ जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो एक हप्तामा ९६ हजार ५ सय ५१ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा १८ हजार २ सय २६ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा प्रत्येक पाँच जनाको कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हाल २७ हजार ५३ जना सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ६ सय जना संक्रमितको मृत्यु भएको छ । देशभर ४ हजार ७ सय ३ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्ला तीन महिनायता सबैभन्दा बढी असोजमा संक्रमित थपिएका छन् । संक्रमणदरको ग्राफ दिन प्रतिदिन चुलिँदै गएको बताइएको छ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्