वाग्मती प्रदेश: कोरोना संक्रमितको संख्या ४४८८५ पुग्यो



काठमाडौं,असोज २४ । वाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ४४ हजार ८ सय ८५ पुगेको छ ।

शुक्रबार प्रदेश क्षेत्रमा थप १ हजार ६ सय १९ जनामा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या ४४ हजार ८ सय ८५ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरि प्रदेशमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २६ हजार ४ सय ८७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हालसम्म कोरोनाको कारण २ सय ४५ जनाको मृत्यु भएको छ ।

प्रदेशमा आजको दिनमा १८ हजार १ सय ५३ जना उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्