नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ६ सय १४ पुग्यो



काठमाडौं असोज २४ ।

कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार बितेको २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको हो ।

योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्