नुवाकोटमा पछिल्लो २४ घण्टामा २४ जना संक्रमित थपिए, कुल संख्या १८८



नुवाकोट,असोज २४ । नुवाकोटमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लास्थित विभिन्न स्थानमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित २४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा विदुर नगरपालिकाका १० जना, दुप्चेश्वर गाउँपालिकाका १० जना, ककनी गाउँपालिकाका ३ जना र तारकेश्वर गाउँपालिकाका एक जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जनाए ।

शनिबार दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ र उपाध्यक्ष अन्जु आचार्यसहित शिक्षक,पालिकाका कर्मचारी,ड्राइभर लगायतमा संक्रमण पुष्टि भएको छ । जिल्लामा नयाँ संक्रमित एकै दिन पुष्टि भएको अहिलेसम्मकै यो संख्या धेरै हो ।

जिल्लामा हालसम्म १ सय ८८ जना संक्रमित मध्ये १ सय २३ जना निको भएर घर फर्किसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्