शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण



काठमाडौं असोज २५ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई शनिबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । भर्नापछि उनको पीसीआर जाँच गर्दा कोरोना संक्रमण देखिएको मन्त्री पोखरेलका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिए ।

उनका अनुसार मन्त्री पोखरेलको अवस्था सामान्य रहेको र हाल पाटन अस्पतालमै उपचारमा रहेका छन् । यसअघि पर्यटनमन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्