धरानस्थित बीपी प्रतिष्ठानमा कोरोनाबाट थप १ जनाको मृत्यु



काठमाडौं असोज २६ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ । प्रतिष्ठानका प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको आइतबार राति ११:०० बजे निधन भएको हो ।

उच्च रक्तचापका बिमारीसमेत रहेका वृद्धलाई यही असोज २३ गते कोभिड अस्पताल भर्ना गरिएको उनले बताए । शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । आइतबार बिहान दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्