पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण [कुन जिल्लामा कति ?]



काठमाडौं असोज २६ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकभर गरिएको पीसीआर परीक्षणमा ४ हजार ४७ जनामा कोरोना देखिएको जनाएको हो । सोही अवधिमा १४ सय ७३ निको भएका छन् भने थप ९ जनाको मृत्यु भएको छ ।

सोमबारसम्म नेपालमा संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । २४ घण्टामा १४ हजार ५ सय ३० पीसीआर परीक्षण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्