कोरोना अपडेट: बितेको २४ घण्टामा ३५ सय ५६ जनामा कोरोना संक्रमण



काठमाडौं, असोज २७ । नेपालमा बितेको २४ घण्टामा थप ३५ सय  ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससंगै कुल संक्रमितको सख्या १ लाख १५ हजार  ३ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

हालसम्म ७८ हजार ७ सय  ८० जना संक्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा १५०३ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्