राष्ट्र संघको मानव अधिकार परिषद्को सदस्यमा नेपाल पुनः निर्वाचित



काठमाडौं असोज २८ । सन् २०१८ देखि संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्को सदस्य रहेको नेपाल पुनः निर्वाचित भएको छ ।

राष्ट्र संघ मुख्यालयमा मंगलबार राति भएको मतदानमा नेपाल निर्वाचित भएको हो । मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।

एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् । परिषद्‌मा कुनै एक देश दुई पटकसम्म निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्