पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना



काठमाडौं, असोज २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर् प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । एक्कासी रक्तचाप बढेपछि उनलाई बुधबार साँझ धुम्रबराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईलाई उदृढ गर्दै केन्द्रीय सदस्य रिजालले भने, ‘पूर्व प्रधानमन्त्री खनाललाई साँझ ४ बजे अस्पताल भर्ना गरिएको हो, उनको स्वास्थ्य अवस्था सामान्य छ, सम्भवतः विहिबार नै अस्पतालबाट डिस्चार्ज हुनुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस्