विराटनगरमा थप ३ कोरोना संक्रमितको मृत्यु



मोरङ, असोज २९ । मोरङको विराटनगरमा उपचारका क्रममा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई संक्रमित पुरुषको बुधबार राति र आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरूष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुष छन्।

असोज २१ गते रिपोर्ट पोजिटिभ देखिएका विराटनगरका पुरूषको आज बिहान ३:३० बजे मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। ती पुरूषमा सुगरको पनि समस्या थियो ।

यस्तै गत सोमबार कोरोना पुष्टि भएका धरानका पुरूषको पनि मृत्यु भएको छ । उनको बुधबार राति ९ बजेतिर मृत्यु भएको बस्नेतले बताए । ती पुरूषमा सुगर र उच्च रक्तचापको समस्या रहेको उनले बताए । विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचाररत मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया एक महिलाको पनि मृत्यु भएको छ।

उनको बुधबार साँझ ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । महिलामा मुटु सम्बन्धी पूरानै समस्या रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्