चितवनमा गम्भीर प्रकृतिका कोरोना संक्रमितको वृद्धि, आइसियुमा बेड पाउनै मुस्किल



चितवन, असोज ३० । चितवनस्थित भरतपुरका अस्पतालहरुमा आइसियुको अभाव हुन थालेको छ। गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामीको संख्या वृद्धिसंगै अस्पतालमा आइसियुको अभाव हुन थालेको हो। कोभिड १९ कोरोनाका विरामी राखेर उपचार गराउदै आएका तीन वटा ठूला अस्पतालमा आइसीयु शैया खाली नभएको आस्पताल श्रोतले जनाएको छ । भरतपुर सरकारी अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजले अहिले कोरोनाका विरामीलाई आइसीयुको अलगै शैया राखेर उपचार गराउँदै आएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भने ‘अस्पतालले छुट्टाएको १० वटा आइसीयु शैया खाली छैन । अस्पतालमा भर्ना भएर बसेका कोरोना संक्रमितलाई जटिल भएमा आइसियु चाहिले कठिन हुने भएको छ ।’ अस्पतालमा रहेकको आइसीयु मध्य १० वटा कोरोनालाई छुट्टाएका छौ अहिलेसम्म शैया खाली हुन पाएको छैन । अन्य समयमा भन्दा अहिले संक्रमित भएर आएकाहरुमा जटिल समस्या देखिने क्रम वढ्दो छ । त्यो अवस्थामा आइसियु भेन्टिलेटरमा राख्नु पर्ने हुन्छ । उनका अनुसार अस्पतालमा अहिले ६३ जना कोरोना संक्रमितको उपचार भइराखेको छ । ती मध्ये १० जना आइसीयुमा रहेका छन् ।

कोरोना संक्रमितको उपचार गराउदै आएको चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले भने ‘संक्रमित मध्य सातजनाको अवस्था गम्भिर छ ।’ ती विरामीको भेन्टिलेटरमा राखेर उपचार गरेका छौ । ती बाहेक अन्य विरामीपनि आइसीयुमा उपचाररत छन् । केही महिना यता उपचार गर्न आएकका कोरोना संक्रमित मध्य आइसियु, भेन्टिलेटरमा राख्नु पर्ने सख्या वृद्धि हुन थालेको छ ।

आईसीयू बेड कम हुने तर संक्रमित भने गम्भीर प्रकृतिका आउन थाल्दा बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता थपिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पोडेल बताउनु हुन्छ ।

यो समाचार गोरखापत्र दैनिकले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्