नेप्से परिसूचकको कसीमा अर्थमन्त्री



काठमाडौं, असोज ३० । पहिलोपटक अर्थमन्त्रीका रुपमा विष्णु पौडेल नियुक्त हुँदा विष्णु पौडेल २९ औं वरीयातमा थिए । हाल दोस्रोपटक उनी ३३औं अर्थमन्त्रीका रुपमा नियुक्त भएका छन्  । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको बागडोर सम्हाल्दै गर्दा पौडेललाई पहिलोपटक राज्यको ढुकुटी हेर्ने जिम्मा मिलेको थियो । उनी १९ कात्तिक २०७२ मा पहिलोपटक नेपालको अर्थमन्त्रीमा नियुक्त भएका थिए । तर उनीसँग चारपटक मन्त्री बनेको अनुभव भने छ ।

यसपालि उनी पाँचौंपटक मन्त्री बनेका हुन, अर्थमन्त्रीमा भने उनको यो दोस्रो इन्निङ हो । प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको यो दोस्रो इन्निङ हो । जनताले उनको कार्यकालमा नेप्से परिसूचक बढेको हेर्न चाहेका छन् । कोरोनाको कारण भए पनि नेप्सेमा के होला भन्ने कसीमा यति बेला अर्थमन्त्री रहेका छन्  ।

२०७२ को विनाशकारी भूकम्प र नाकाबन्दीले मुलुकको आर्थिक अवस्था जर्जर अवस्थामा पुर्याएको अवस्थामा उनएएहरू नेतृत्वमा थिए भने कोरोनाले थिलथिलो बनाउँदै लगेको यो अवस्थामा पुनः उनीहरूले नै मुलुकको बागडोर सम्हालेका छन्  । यो उनीहरु दुवैका लागि अवसर र चुनौती दुवै हो ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्