हनुमन्ते खोलामा जलसतह सतर्कता तह पार, नदी तटीय क्षेत्रमा उच्च सतर्कता



भक्तपुर,असोज ९ । भक्तपुरस्थित हनुमन्ते खोलाको जगाती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। आज असोज ९ गते बिहान ७ः४० बजे जलसतह सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हनुमन्ते खोलामा जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको छ। त्यसैले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारका सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जलसतह थप बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगको समन्वयमा जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो।

प्रतिक्रिया दिनुहोस्