वाग्मती प्रदेश: कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय पुग्यो



काठमाडौं, असोज ३० । वाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या तिब्र वृद्धि भएको छ ।

प्रदेशमा बिहिवार पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय १८ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो संगै वाग्मती प्रदेशमा कोरोना पुष्टि हुनेको संख्या ५८ हजार ३ सय १७ पुगेको छ ।

प्रदेशमा हालसम्म ३४ हजार ९ सय ८४ जना संक्रमित संक्रमण मुक्त भएका छन् भने संक्रमणको कारण ३ सय ५ जनाको मृत्यु भएको छ ।

प्रदेशमा शुक्रबारसम्म २३ हजार ८ संक्रमित उपचाररत रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्