पहिलो तीन महिनामा १५ प्रतिशत पनि बजेट खर्च भएन



काठमाडौं, कार्तिक २ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले कुल बजेटको १५ प्रतिशत पनि खर्च गर्न सकेको छैन ।

कोभिड–१९ को रोकथामका लागि सरकारले चालेका कदमहरूलाई खुकुलो पार्दै विकास निर्माणका कामसँगै आर्थिक गतिविधि चलायमान बनाउने बताए पनि साउन, भदौ, असोज महीनामा बजेट खर्चको स्थिति हेर्दा सरकारी प्रयास निकै कमजोर देखिएको छ ।

सरकारी खर्चको आकडा राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार कुल १४ खर्ब ७४ अर्ब बराबरको बजेट ल्याएको सरकारले असोज मसान्तसम्म २ खर्ब १ अर्ब अर्थात् ९१३ दशमलव ६३ प्रतिशत० मात्रै बजेट खर्च गरेको छ ।

चालू आवको पहिलो त्रैमासमा कुल रू। २ खर्ब १ अर्ब खर्च भएको छ । यसमध्ये चालूतर्फ रू। १ खर्ब ८२ अर्बभन्दा बढी बजेट खर्च भएको छ । चालू वर्षमा कोरोनासँग जुध्दै विकासको गतिलाई तीव्रता दिने सरकारले बताए पनि पहिलो त्रैमाससम्ममा सरकारले गरेको पूँजीगत खर्च निकै कमजोर छ । पूँजीगत खर्च १५ अर्ब ४ करोड रुपैयाँ मात्रै भएको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्