उपसभामुख तामाङद्वारा प्रदेश पूर्वाधार विकासका योजना स्वीकृत [कहाँ कति परे बजेट ?]



नुवाकोट कात्तिक २ । वाग्मती प्रदेशकी उपसभामुख तामाङले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गतको आयोजनाहरु छनौट (स्वीकृत) गरेकी छन् ।

नुवाकोट जिल्ला प्रदेश निर्वाचन क्षेत्र १ ‘१’ बाट निर्वाचित उपसभामुख तामाङले असोज ३० गते निर्दैशक समितिको बैठकबाट योजनाहरु स्वीकृत गरेकी हुन् । प्रदेश पूर्वाधार विकास साझेदारी (सञ्‍चालन कार्यविधि) (दोस्रो संशोधन) नियमावली, २०७७ बमोजि नुवाकोट प्रदेश निर्वाचन क्षेत्र नं १ ‘१’ मा योजना सञ्‍चालनका लागि आयोजनाहरु छनौट गरिएको हो ।

प्रदेश सभा सदस्य संयोजक तामा र निर्वाचन क्षेत्रभित्रका पालिकाहरुका प्रमुख शिवपुरीका रामकृष्ण थापा, तादीका नारायण पाण्डे पञ्‍चकन्याका तेजबहादुर तामाङ, दुप्चेश्‍वरका योविन्द्रसि्ह तामाङ सदस्य रहेको निर्देशक समितिले पूर्वाधारमा जोड दिँदै योजना छनोट गरेको हो । बैठकमा जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा लगायतको उपस्थिति थियो ।

योजना छनोट अनुसार पञ्‍चकन्या गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि ४७ लाख ३० हजार, दुप्चेश्वर गाउँपालिकाका २, ५ को वडा कार्यालय निर्माणका २०/२० लाख रकम छुट्याइएको छ ।

अन्य रकम सडक निर्माण, स्तरोन्नति, सामुदायिक भवन निर्माण, पर्यटन भूर्वाधार, अस्पताल भवन निर्माण लगायतमा छुट्याइएको छ । योजना र प्रशासनिक तर्फ २ लाख ७० हजार सहित जम्मा खर्च ३ करोड रुपैयाँ रहेको छ । जुन वितरित बजेट पूर्वधार विकासबाट कार्यान्वयन हुनेछ ।

हेरौं सूची

प्रतिक्रिया दिनुहोस्