मोरङमा एकैदिन ४ जनाको कोरोनाबाट मृत्यु



मोरङ कात्तिक ३ । विराटनगरमा एकै दिन कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–२ की ६० वर्षीया महिला, विराटनगर–३ का ६६ वर्षीय पुरुष, ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय र पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनका अनुसार असोज १९ मा कोरोना पुष्टि भएकी विराटनगर–२ की महिलाको कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । त्यस्तै विराटनगर–३ र ग्रामथान–४ का पुरुषको नोबेल अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको छ । उनमा असोज २९ गते कोरोना पुष्टि भएको थियो ।

विराटनगर–३ का पुरुषलाई असोज २७ गते कोरोना पुष्टि भएको थियो । यस्तै, पथरीशनिश्चरे–१ का पुरुषको न्युरो अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ । उनलाई कोरोनाको लक्षण देखिएपछि स्वाब संकलन गरी परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजिटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्